सेवा अहिले नेपाल काठमाडौंद्वारा विद्यार्थीलाई न्यानो कपडा सहयोग

kalika pic
लाेकपाटी न्यूज
0 Shares

चितवन, २३ मंसिर । चितवनको कालिका नगरपालिका वडा नम्बर ११ मझवाङमा रहेको श्री राष्ट्रिय माध्यमिक विद्यालयका विद्यार्थीहरुलाई जाडोमा लगाउने कपडा सहयोग गरिएको छ। सेवा अहिले नेपाल काठमाडौंको सहयोगमा ज्याकेट, ट्राउजर र टोपी सहयोग गरिएको हो।

विद्यालयमा अध्ययनरत १ सय २५ जना विद्यार्थीहरुलाई आज सो कपडा सहयोग गरिएको हो। सेवा अहिले नेपाल काठमाडौंको सहयोगमा सो कपडा प्रदान गरिएको हो। संस्थाका राष्ट्रिय निर्देशक अर्जुन ढकालको अध्यक्षतामा भएको कार्यक्रममा प्रमूख अतिथि वडा नं. ११ का वडा सदस्य मिलन चेपाङ, विद्यालय व्यवस्थापन समितिका सदस्य डिल्लीमाया प्रजा, विद्यालयका ईञ्चार्ज दिवलाल चेपाङ, संस्थाका प्रोग्राम को–अर्डिनेटर जगदिश चन्द्र पोखरेल लगायतले मन्तव्य व्यक्त गरेका थिए।

त्यसैगरी सोही संस्थाको आयोजनामा आज नै कालिका वडा नम्बर ७ सगुनटोलमा रहेको पृथ्वी मा.वि. सालघारी शाखामा पनि विद्यार्थीहरुलाई जाडोमा लगाउने न्यानो कपडा सहयोग गरिएको छ। सो विद्यालयका १ सय ७३ जना विद्यार्थीहरुलाई ज्याकेट, ट्राउजर र टोपी सहयोग गरिएको थियो।

संस्थाका राष्ट्रिय निर्देशक अर्जुन ढकालको अध्यक्षतामा भएको कार्यक्रमका प्रमूख अतिथि वडा नं. ७ का वडा सदस्य उमाकान्त सापकोटा, पृथ्वी मा.वि. व्यवस्थापन समितिका अध्यक्ष केशव लामा, पूर्वअध्यक्ष तुल बहादुर वि.क., संस्थाका प्रोग्राम को-अर्डिनेटर जगदिश चन्द्र पोख्रेल, संस्थाका चितवन जिल्ला को–अर्डिनेटर ईश्वर कुमार श्रेष्ठ लगायतले मन्तव्य राखेका थिए। सो संस्थाले यस अगाडि पनि विपन्न वस्तीहरुमा विभिन्न प्रकारको सहयोग तथा निःशुल्क सिलाईकटाई तालिम उपलब्ध गराउँदै आएको छ।