विधान संशाेधन गर्दै नेकपा, के-के हुँदैछ संशाेधन ?

Nekapa_Sachiwalaya_Prachanda
फाइल तस्बिर
लाेकपाटी न्यूज
0 Shares

काठमाडौं, २३ मंसिर। नेपाल कम्युनिष्ट पार्टी (नेकपा)मा वामदेव गौतमलाई उपाध्यक्ष बनाउने प्रक्रिया सुरु गरिने भएको छ। अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा सोमबार पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा बसेको नेकपा सचिवालय बैठकले गौतमलाई उपाध्यक्ष बनाउन विधान संशोधन गर्ने प्रस्ताव स्थायी समितिको बैठकमा लैजाने निर्णय गरेको हो।

बैठकले केन्द्रीय विभाग र आयोगहरुलाई पूर्णता दिन सात दिनभित्र प्रस्ताव पेस गर्न प्रमूख र उपप्रमूखलाई निर्देशनसमेत दिएको उनले बताए। यस्तैगरी, पार्टीको कार्य्दिशा पनि वैज्ञानिक समाजवाद हुँदै साम्यवादतिर जाने बनाउने तयारीसमेत गरिएको जनाइएको छ ।

बैठकले यही मंसिर २९ गतेदेखि स्थायी समिति बैठक गर्ने निर्णयसमेत गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए। बैठकले उपनिर्वाचन भएका ठाउँबाट समीक्षा प्रतिवेदन अनिवार्यरुपमा पठाउने पाँच दिनको समय थप गरेको छ ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्