साग समापन : प्रधानमन्त्रीले भिडियो कन्फ्रेन्सबाट सम्बोधन गर्ने

  • 55
    Shares
0

काठमाडौं, २३ मंसिर। दक्षिण एसियाली खेलकुद (साग) को मंगलबार समापन हुँदैछ।प्रधानमन्त्री केपी शर्मा ओलीले समापन कार्यक्रमलाई भिडियो कन्फ्रेन्समार्फत् सम्बोधन गर्ने तयारी गरिएको छ।

भब्यताका साथ समापन गरिने राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव रमेशकुमार सिलवालले बताए। भोलि १२ बजे सांसद ११ र कर्मचारी ११ या प्रहरी ११ बीच फुटबल खेल हुने तयारीसमेत रहेको राष्ट्रिय सदस्यसचिव सिलवालले बताए।त्यसपछि फुटबलको फाइनल खेल हुनेछ।

८ हजार टिकट बिक्री गरिएको सदस्य सचिव सिलवालले बताए। त्यस्तै, समापन समारोहमा कर्मचारीलाई पनि कार्ड्बिना प्रवेश नदिइने सिलवालले बताए।

भोलि उत्तरपट्टिको सबै गेट बन्द रहनेछन्। पासको हकमा अत्यावश्यक बाहेक अरुलाई पास उपलब्ध नगरेको सिलवालले बताए। पूर्व फूटबल खेलाडी, मेडल जितेका खेलाडी लगायतलाई भने प्रवेशमा समस्या नहुने उनले बताए।

समापन समारोहका प्रमूख अतिथि उपप्रधान मन्त्री इश्वर पोखरेल हुनेछन्। पोखरेलले खेललाई मात्र लिएर विशेष सम्वोधन गर्ने सिलवालले बताए।

Comments
Loading...
You might also like