के कम्युनिस्टहरु भौतिकवादी हुनु पर्दैन ?

Manahari Timilsina
कम्युनिस्ट पार्टीका सदस्यले बुद्ध धर्म मान्दैनन्। कुनै अलाैकिक शक्तिकाे पूजा गर्दैनन्। चिनियाँ कम्युनिस्ट पार्टीकाे सदस्य हुन भाैतिकवादी हुनु अनिवार्य छ। तर, नेपालका अधिकांश कम्युनिस्टहरू भाैतिकवादकाे खिलाफमा छन्।
मनहरि तिमिल्सिना

सन् १८४८ मा कम्युनिस्ट घाेषणापत्रमा कार्ल मार्क्सले भने, ‘दुनियाँकाे व्याख्या धेरैले गरे। तर, मूख्य कुरा बदल्नु हाे।’ मार्क्सले दुनियाँ बदल्ने कुरालाई सर्वाधिक महत्व दिए। मार्क्स नै पहिलाे दार्शनिक थिए, जसले संस्कृतिलाई धर्मबाट अलग्याउने प्रयत्न गरें। उनकाे संश्लेषण थियाे, ‘धर्म जनताका लागि अफिम हाे।’ मार्क्सले धर्मबारे गरेकाे संश्लेषण आज पनि उत्तिकै सान्दर्भिक छ।

धर्मबारे मार्क्सका पाँच आधारभूत मान्यता छन्, ‘१. कम्युनिस्टहरूकाे आफ्नाे धर्म हुँदैन, उनीहरु अलौकिक शक्तिमा हाेइन, पारिस्थितिक प्रणाली र विज्ञानकाे खाेजमा विश्वास गर्छन्। २. कम्युनिस्टहरूले कसैलाई पनि धर्मका आधारमा भेद गर्दैनन्। ३. एउटा धर्म र अर्काे धर्मबीचकाे बहसमा कम्युनिस्टहरू अल्झिदैनन्। उनीहरुले एउटा धर्मकाे समर्थन र अर्काे धर्मकाे विराेध गर्दैनन्। ४. कम्युनिस्टहरूले जनताकाे धार्मिक आस्थामा बलप्रयाेग गर्दैनन्। र, ५. जनतालाई धर्मकाे भ्रमबाट मुक्त गराउँदै क्रमश: भाैतिकवादकाे बाटाेमा डाेर्‍याउँछन्।’

आज पनि मार्क्सकाे मान्यता उति नै वैज्ञानिक छ, जति उनकाे जीवनकालमा थियाे। मानव जातिकाे इतिहासमा धर्ममाथि विजय प्राप्त गरेर नै आधुनिक भाैतिकवाद र विज्ञानकाे विकास भएकाे हाे। कम्युनिस्ट हुनुका प्रमूख २ शर्त छन्, १. अलाैकिक शक्ति अर्थात् देवी, भगवती, दुर्गा माता, महादेव, श्रीकृष्ण, बुद्ध, जिसस क्राइस्ट, पैगुम्वर माेहम्मदमा हाेइन, विज्ञान प्रविधि र प्रयाेगशालाले दिएकाे तथ्य मान्नु। अन्वेषण हुन बाँकी तथ्यहरुकाे अनुसन्धानलाई अभिप्रेरित गर्नु। र, २. चेतनाले पदार्थ हाेइन, पदार्थले चेतनाकाे विकास गरेकाे तथ्य मान्नु। यसकाे अर्थ हाे, कम्युनिस्ट हुन इतिहासकाे तथ्यमा उभिनुपर्छ, वस्तु, मानव र समाजकाे एकता र सङ्घर्ष अर्थात् द्वन्दवादलाई मान्नुपर्छ, ब्रह्माण्डमा ईश्वर, प्रभू वा कुनै अलाैकिक शक्ति नभएकाे निष्कर्षमा पुग्नुपर्छ।

चीन मूख्यत: वुद्ध धर्मावलम्बीहरुकाे देश हाे। तर, त्यहाँ कम्युनिस्ट पार्टीका सदस्यले बुद्ध धर्म मान्दैनन्। कुनै अलाैकिक शक्तिकाे पूजा गर्दैनन्। चिनियाँ कम्युनिस्ट पार्टीकाे सदस्य हुन भाैतिकवादी हुनु अनिवार्य छ। तर, नेपालका अधिकांश कम्युनिस्टहरू भाैतिकवादकाे खिलाफमा छन्।

नेपालमा भाैतिकवादी कम्युनिस्टहरू नगन्य मात्रामा छन्, यहाँ काेही हिन्दू कम्युनिस्ट छन्, काेही पैसामा खरिदबिक्री भएर क्रिश्चियन कम्युनिस्ट भएका छन्, काेही वुद्भिष्ट कम्युनिस्ट छन्। यस्तै मुस्लिम, जैन कम्युनिस्टकाे पनि यहाँ कमि छैन। केही प्रकृतिपूजक पनि छन्, जाे अलि प्रगतिशील नै मान्नुपर्छ।

नेपालका कम्युनिस्टहरूले धर्म र संस्कृतिलाई एउटै अर्थमा बुझिरहेछन्। उनीहरुका परिभाषामा दशैं, तिहार, क्रिसमश डे संस्कृति मात्र हुन्, धार्मिक पर्व हाेइनन्। उनीहरु दशैंमा बलि किन दिइन्छ, दुर्गा माताकाे पूजा किन गरिन्छ, राम र रावणकाे युद्ध असत्यमाथि सत्यकाे विजय थियाे कि सत्ता सङ्घर्ष ? क्रिसमश डेमा येशुकाे प्रार्थना गरिन्छ कि उनका शिक्षामाथि विमर्श ? यी प्रश्नमाथि बहस गर्न तयार छैनन्।

पश्चिमाहरु नयाँ चट्टान देख्नेबित्तिकै त्यसकाे अनुसन्धानतिर लाग्छन्। तर, हामी त्यसलाई देवता मानेर पूजा गर्छौं। पश्चिमाहरु चन्द्रमा पुगेर वैकल्पिक मानव बस्तीकाे अनुसन्धानमा जुटेका छन्। तर, हामी अर्घ दिन्छौं, अलाैकिक शक्ति ठान्छौं। नेपालका राजनीतिज्ञ, कर्मचारी, समाजसेवीहरु विज्ञान प्रयाेगशाला र अन्वेषणका लागि खर्च गर्नै चाहँदैनन्। बरु, मन्दिर, मस्जिद, चर्च र गुम्बाका लागि बजेट माग्न विकासे अड्डा धाउँछन्, धर्ना दिन्छन्। याे हाम्राे साेंच्ने तरीकाकाे बलियाे ऐना हाे।

धर्म र संस्कार अलग कुरा हुन्। धर्म जड हुन्छ, रुढीवादी हुन्छ, यसले विज्ञानलाई चिन्दैन, भाैतिक वस्तुकाे प्रधानतालाई स्वीकार गर्दैन। तर, संस्कृति रुढीवाद र गतिशील दुवै हुन सक्छ। संस्कृति फेरिँदै जान्छ। तर, जतिसुकै आधुनिक युगमा पुगे पनि शास्त्रका श्लाेकहरु फेरिन्नन्। यहीँनेर धर्म र संस्कृतिकाे भेद छ। हामी ३० औं शताब्दीमै पुगौंला। तर, धर्मले पृथ्वी भाैतिक वस्तुले बनेकाे भन्ने छैन, पारिस्थितिक प्रणालीकाे वैज्ञानिकता मान्ने छैन।

म दशैंमा टीका लगाउँदिनँ। तर, म क्रिश्चियन हाेइन। म क्रिसमश डे मान्दिनँ। तर, म हिन्दू हाेइन। आज विश्वका जति पनि मूलुकहरु प्रगतिकाे शिखरमा छन्, त्याे सबै धर्मकाे पर्दा, अन्धविश्वासकाे पर्दा च्यातेकै कारण सम्भव भएकाे हाे। यही कुराकाे वाेधले नै आजसम्म भाैतिकवादका पक्षमा उभ्याएकाे छ।

ग्यालिलियाेले भने, पृथ्वी गाेलाे छ। तर, उनलाई मारियाे। ब्रुनेले पृथ्वी घुम्छ भने, उनी पनि जीवित रहेनन्। बृहस्पतिले भने, एवम् जिवेत् सुखम् जिवेत्, ऋणम् कृत्वा घृतम् पिवेत्। तर, उनकाे दर्शन पनि नामेट पारियाे। धर्मभिरु र पादरीहरुले भाैतिकवादकाे पक्षमा उभिनेहरुलाई झुण्डाउने गरेकाे इतिहास साक्षी छ।

आज भाैतिकवादकाे पक्षमा उभिँदा हामीमाथि पनि सयाैं अभियाेग लाग्ने गरेका छन्। ईश्वरकाे विश्वास नगर्दा क्रिश्चियन भएछ भन्छन्। क्रिसमश डेकाे विराेध गर्दा हिन्दू ठान्छन्। कतिले डलर बिक्याे कि भनेर भ्रम छर्छन्। भाैतिकवादमाथि बहस गर्न उनीहरु तयार छैनन्। तर, यथार्थमा जसलाई आफूप्रति भराेसा छैन, त्याे नै ईश्वरकाे शरणमा छ, प्रभूकाे चरणमा जान्छ। जसलाई विज्ञानप्रति विश्वास छ, त्यसले हरेक कुरामा प्रश्न गर्छ। जसले प्रश्न गर्न सक्छ, त्यसले मात्र नयाँ-नयाँ तथ्य पत्ता लगाउन सक्छ।

कतिले हाम्राे प्राचीन संस्कृति भएकाले हुबहु मान्नुपर्ने कूतर्क पनि गर्छन्। कुनै बेला सति प्रथा हाम्राे संस्कृति थियाे। राजा प्रताप मल्लका ३३ वटी रानी सति गएका थिए। के हामी पनि मान्दिउँ त ! राजालाई विष्णुकाे अवतार मानिन्थ्याे, अब पनि मान्ने त ? गरीब हुनु पूर्वजन्मकाे पाप मानिन्थ्याे, के त्यही मान्यतामा उभिएर प्रगतिकाे प्रयास छाेड्ने त ? के धर्मकाे विराेध गर्ने वैज्ञानिकहरु सबै पापी, अज्ञानी थिए त ? यी प्रश्नकाे उत्तर अरुले त खाेजेनन्। तर, कम्युनिस्ट भन्नेहरुलाई खाेज्न कसले छेक्याे ?

कम्युनिस्टहरूकाे धर्म हुँदैन। तर, संस्कृति हुन्छ। कम्युनिस्टहरूकाे संस्कृति समानताकाे संस्कृति हाे, न्यायकाे संस्कृति हाे, प्रकृति र विज्ञानकाे संस्कृति हाे। सहिद दिवस हाम्राे संस्कृति हाे, त्यसले मुक्ति आन्दाेलनमा उर्जा थप्याे। गणतन्त्र दिवस हाम्राे संस्कृति हाे, त्यसले प्रगतिकाे जग बसाल्याे। संविधान दिवस हाम्राे संस्कृति हाे, त्यसले परिवर्तन संस्थागत गर्‍यो। यस्ता थुप्रै सन्दर्भहरु छन्, जसले पारिवारिक र सामाजिक पूनर्मिलन, हर्षाेल्लास र नयाँपनकाे अनुभूति दिन सक्छन्।

साँचाे कुरा गर्नेहरु सुरुमा अलाेकप्रिय नै हुन्छन्। आइन्स्टाइन, गान्धी, कार्ल मार्क्स, मण्डेला लगायतका विश्वविख्यात मानिसहरु आफ्नाे जीवनकालमा खास लाेकप्रिय थिएनन्। बरु, उनीहरुले समाज र मानव जातिलाई नै भयङ्कर ठूलाे बहसकाे भूमरिमा धकेलिदिएका थिए। उनीहरुकाे विचार र खाेज बुझ्न मानिसलाई सयौं वर्ष लाग्याे। विज्ञान र सच्चाई छाेडेर लाेकप्रिय हुने रहर छैन। जति सकिन्छ, सच्चाइकाे पक्षमा उभिन्छ। धर्म हाेइन, विज्ञानमा विश्वास गरिन्छ। भीड क्षणिक कुरा हाे। हजारौं वर्ष लाग्ला। तर, एक दिन मानिस भाैतिकवादमै पुग्नेछ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्