एजेन्सी। अमेरिकाको होमल्याण्ड सेक्युरिटीका कार्यवाहक प्रमूख केविन म्याकएलीनले पदबाट राजीनाम दिएका छन्। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले केविनले राजीनामा दिएको एक ट्वीटमार्फत् जानकारी दिएका छन्।
६ महिनाअघि होमल्याण्ड सेक्युरिटीको प्रमूखको जिम्मेवारी सम्हालेका केविनले परिवारसँग समय विताउन चाहेको भन्दै राजीनामा दिएको ट्रम्पले जनाएका छन्। मेक्सिकोसँगको सीमा क्षेत्रमा आप्रवासीका विषयमा ट्रम्पले लिएको नीतिको कार्यान्वयको जिम्मा केविनमा थियो।
तर उनी र ट्रम्पबीचको सम्बन्ध तनावपूर्ण रहँदै आएको थियो। केविन ट्रम्पको शासनकालमा होमल्याण्ड सेक्युरिटीको जिम्मेवारी सम्हाल्ने चौथो व्यक्ति हुन्।