त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा तीन जनाको नाम सिफारिस

pic1
लाेकपाटी न्यूज
0 Shares

काठमाडौं, १७ असोज। त्रिभुवन विश्वविद्यालयको उपकुलपतिका लागि तीन जनाको नाम सिफारिस भएको छ।त्रिविको उपकुलपतिका लागि गठित नाम सिफारिस समितिले डा. भगवान कोइरालासहित तीन जनाको नाम सिफारिस गरेको हो।

गत भदौ ५ गते तीर्थ खनियाँको समयावधि सकिएपछि सरकारले शिक्षामन्त्री गिरीराजमणि पोखरेलको संयोजकत्वमा त्रिविको उपकुलपति नियुक्तिका लागि नाम सिफारिस समिति गठन गरेको थियो। समितिले आफ्नो सिफारिस प्रधानमन्त्री केपी शर्मा ओलीलाई बुझाइसकेको मन्त्री पोखरेलले बताए। ‘समितिले तीन जनाको नाम सिफारिस गरेको छ’ मन्त्री पोखरलेले भने, ‘अब त्रिविले चाँडै उपकुलपति पाउने छ।’

पोखरेलका अनुसार त्रिविको उपकुलपतिका लागि सिफारिस तीन जनामा डा.भगवान कोइराला, डा. धर्मकान्त बास्कोटा र डा.चन्द्रमणि पौडेल रहेका छन्। तीमध्ये एक जनालाई सरकारले त्रिभुवन विश्व विद्यालयको उपकुलपति नियुक्त गर्नेछ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्