हल्लाका पछि नलाग्नुस्, समझदारीमा अगाडि बढ्छाैं : प्रचण्ड

Puspa-Kamal-Dahal-Prachanda
लाेकपाटी न्यूज
0 Shares

पाँचथर, ५ कात्तिक । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफू र प्रधानमन्त्री केपी शर्मा ओलीबीच कुनै विवाद नरहेको प्रष्ट पारेका छन्। आलाेपालो प्रधानमन्त्रीकाे विषयलाई लिएर नेकपाका दुई अध्यक्षको दुरी बढेको भन्ने हल्लाकाे पछि नलाग्न समेत उनले आग्रह गरेका छन्।

पाँचथरमा कार्यक्रम प्रशिक्षणपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले पार्टी एकता गर्दा भएका समझदारीहरु कार्यान्वयनका क्रममा रहेको बताए । उनले भने, ‘मुलभूत रुपमा सहमति कार्यान्वयनमा हामी अगाडि बढिरहेका छौं । अरु सबै समझदारीहरु महाधिवेशनसम्म जाँदा कार्यान्वयन हुन्छन् ।’

उनले प्रधानमन्त्री एवं अर्का अध्यक्ष केपी शर्मा ओलीबीच सोमबार मात्र आफ्नो दुई घण्टा कुराकानी भएको सुनाउँदै प्रचण्डले भने, ‘समग्र स्थितिलाई कसरी लैजाने भनेर समीक्षा गरेका छौं र एउटा समझदारीमा फेरि अगाडि जाने संकल्प गरेका छौं । होहल्ला र प्रचारको भ्रममा नपर्न आग्रह गर्छु ।’

 

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्