इतिहासलाई उल्टाउन खाेज्नेहरु रछ्यानमा मिल्किनेछन् : प्रचण्ड

0

काठमाडौं, २५ साउन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले लामो संघर्ष र बलिदानपछि प्राप्त उपलब्धिलाई कसैले उल्ट्याउन नसक्ने बताएका छन् ।

शनिबार राजधानीमा आयोजित एकीकृत अखिल नेपाल शिक्षक उपत्यकास्तरीय संयुक्त जिल्ला परिषद्लाई सम्बोधन गर्दे अध्यक्ष प्रचण्डले राजनीतिक परिर्वतनलाई कसैले उल्ट्याउन नसक्ने दाबी गरेका हुन् ।

परिर्वतन निरन्तर अगाडि बढिरहने र पछाडि फर्किन नसक्ने भन्दै उनले इतिहास उल्ट्याउन गरिने प्रयास र तीनका अगुवाहरु अन्ततः सबै फोहाेरको थुप्रोमा पुग्ने बताए । उनले भने, ‘जनतामा राजनीतिक सामाजिक जागरणसहित अगाडि बढेको विद्रोह र त्यसका उपलब्धिलाई कसैले उल्ट्याउन सकेको छैन। इतिहासको चक्का निरन्तर अगाडि बढ्छ । पछाडि धकेल्न चाहनेहरु इतिहासको रछ्यानमा मिल्याईने नै गरेका छन् । नेपाल त्यसको अपवादमा हुनै सक्दैन।’

अध्यक्ष प्रचण्डले प्रतिगमनको प्रभाव नेपाली राजनीतिमा पर्न नदिनका लागि नै कम्युनिष्ट एकता गरिएको स्पष्ट पारे । उनले पुराना सोच, संरचना, मूल्य मान्यतालाई व्यवहारतः विस्थापित गरि नयाँ सोच, मूल्य मान्यता र संस्कृति अघि बढाउने चुनौती अहिले पनि कायम रहेकाले परिर्वतन पक्षधरहरुले नेतृत्वदायी भूमिका खेल्नुपर्ने आवश्यकता औंल्याए ।

प्रचण्डले मुलुककाे समग्र शिक्षा प्रणाली समाजवाद उन्मुख हुनुपर्नेमा जाेड दिएका छन् । उनले मुलुकको समग्र शिक्षा प्रणालीलाई समाजवाद शिक्षा नीति अनुसार अघि बढाउनका लागि शिक्षकहरुको निकै ठूलो भूमिका हुने भन्दै त्यसका लागि प्रभावकारी भूमिका निर्वाहका गर्नका लागि आग्रह समेत गरे ।

Comments
Loading...
You might also like