प्रदेश २ मा नेकपाको सपथग्रहण समारोहमा झडप

0

काठमाडौं, २४ भदौ। नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रदेश २ को सपथग्रहण समारोहमा झडप भएको छ। महोत्तरीको बर्दिबासमा आयोजित शपथ ग्रहण समारोहमा झडप भएको हो।

असन्तुष्ट नेता कार्यकर्ताहरुले सिराहा र सप्तरीका विवादित जिल्ला कमिटी सदस्यलाई सपथग्रहण गाउने तयारी गरिरहेको बेला होहल्ला गरेका थिए। उनीहरुले कार्यक्रम नै बिथोल्न खोजेपछि प्रहरीले लाठी चार्ज समेत गरेको थियो।

झडपमा नेकपा प्रदेश २ का अध्यक्ष प्रभु साहमाथि समेत हातपातको प्रयास भएको नेकपाका एक नेताले बताए। झडपका क्रममा एक प्रदेश कमिटि सदस्यको टाउकोमा चोड लागेको समेत ती नेताले जानकारी दिए।

नेकपाका शीर्ष नेताहरुले सक्रिय कार्यकर्ताहरुसँग काखा पाखा गरेको भन्दै केही नेताहरुले असन्तुष्टी व्यक्त गर्दै आएका छन्।

Comments
Loading...
You might also like