‘सपना त्यो होइन, जुन निदाउँदा देखिन्छ, सपना त्यो हो, जसले निदाउनै दिँदैन’

  • 13
    Shares
0

काठमाडौं। एपीजे अब्दुल कलाम भारतका ११ औं राष्ट्रपति र विश्वप्रसिद्ध वैज्ञानिक पनि हुन्। मिसाइल म्यानले चिनिने कलाम उनी १५ अक्टोवर १९३१ मा भारतको तामिलनाडुमा जन्मिएका थिए।

उनी विश्वप्रसिद्ध चिन्तक, लेखक र वैज्ञानिक हुन्। उनको कार्यकालमा भारतले विज्ञान प्रविधिमा उच्च विकास गरेको थियो। पढ्नुस् कलामका ७ प्रख्यात भनाइ।

१. पानी परेको बेला अरु सबै चराले सुरक्षित बासस्थान खोज्छन्। तर, चीलले बादलमाथि उडेर पानीको बेवास्ता गर्छ, परिस्थिति एकै हो। तर, दृष्टिकोणले फरक पार्छ।

२. सपना त्यो होइन, जुन निदाउँदा देखिन्छ, सपना त्यो हो, जसले निदाउनै दिँदैन।

३. सफलताका कथा मात्र पढ्यौं भने तिमी सन्देश मात्र पाउँछौ। असफलताका कथा अझ ध्यान दिएर पढ्ने गर। त्यसबाट नै आफ्नो जीवनका लागि महत्वपूर्ण पाठक पढ्न सकिन्छ।

४. चुचुरोमा चढ्न होस् वा आफ्नो जीवनमा सफलता प्राप्त गर्न, तिमीमा साहस र शक्तिको आवश्यकता पर्छ।

५. आत्मविश्वास र मेहेनत नै असफलताका औषधि हुन्।

६. कसैलाई हराउन एकदमै सजिलो छ। तर, जित्न अत्यन्तै कठिन।

७. विद्यार्थी हुनुको सबैभन्दा ठूलो विशेषता नै प्रश्न गर्न सिक्नु हो।

Comments
Loading...
You might also like