राज्यले सुम्पेको जिम्मेवारी निर्वाह गर्न प्रहरी प्रशासन प्रतिवद्ध छ : महानिरीक्षक खनाल

khanal
लाेकपाटी न्यूज
0 Shares

काठमाडौं, १४ असोज। प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले सुन्दर भवनको निर्माणसँगै प्रहरीले प्रदान गर्ने सेवा पनि उत्तिकै सुन्दर हुन् जरुरी रहेको बताएका छन्। महानगरीय प्रहरी वृत्त महाराजगंज तथा महानगरीय प्रहरी वृत्त लैनचौर, सोह्रखुट्टेको नवनिर्मित कार्यालय भवनहरुको मंगलबार आयोजित छुट्टाछुट्टै समारोहमा बौल्दै महानिरीक्षक खनालले यस्तो बताएका हुन्।

राष्ट्र र नागरिक सेवा प्रदान गर्न तथा राज्यले सुम्पेको जिम्मेवारी निर्वाह गर्न किञ्चित विचलित नभई सम्पूर्ण प्रहरी कर्मचारीहरु खटिन प्रतिवद्ध एवं दृढ रहेको बताए। नेपाल प्रहरी नगरिकको सुरक्षाको लागि अहोरात्र खटिएको र प्राप्त सुविधाहरुको अधिकतम प्रयोग गरेर आगामी दिनमा पनि अझ सुन्दर सेवा दिन प्रतिवद्ध रहेको समेत उहाँले चर्चा गर्नुभयो ।

सुरक्षा नै सबै भन्दा पहिलो सर्त रहेको बताउँदै प्रहरी महानिरीक्षक खनालले भने, ‘जहाँ सुरक्षित समाज हुन्छ, अनि मात्र त्यहाँ विकास एवं आर्थिक गतिविधिका क्रियाकलाप हुन्छन्। सुरक्षाको सर्त पूरा गर्नका लागि नेपाल प्रहरी सदैब दृढ एवं दत्तचित्त भई नागरिकसँग हातेमालो गर्दै अगाडि बढेको छ।’

नागरिकसँग हातेमालो कार्यक्रमको परिस्कृत रुपमा नेपाल प्रहरीले समुदाय-प्रहरी साझेदारीको अवधारणा अन्तर्गत विभिन्न गतिविधिसमेत सञ्चालन गरेको र स्थानीय तहसँगको समन्वय तथा सहकार्यमा ती गतिविधि मार्फत् समाजमा शान्ति सुरक्षा कायम साथै अपराध नियन्त्रण गर्न सहयोग प्राप्त भएको समेत उनले उल्लेख गरे।

विकास निर्माणका काममा अबरोध पुुुर्‍याउने अवाञ्छित क्रियाकलापलाई निस्तेज गर्दै निर्माण सहजीकरण पार्न नेपाल प्रहरी दृढ संकल्पित भई आगडि बढिरहेको प्रहरी महानिरीक्षक खनालले बताए। अपराध नियन्त्रणमा प्रविधिको प्रयोगको साथसाथै मानवीय उपस्थितिसमेत आवश्यक रहेको उल्लेख गर्दै प्रविधियुक्त नवनिर्मित्त भवनबाट उत्कृष्ट सेवा प्रवाह हुने उनले विश्वास व्यक्त गरे।

भवन उद्घाटन समारोहको अवसरमा प्रहरी महानिरीक्षक खनालले दुबै भवन निर्माणमा महत्वपूर्ण योगदान पुर्‍याउने प्रहरी कर्मचारीहरु तथा विभिन्न महानुभावहरुलाई प्रशंसापत्र, नगद पुरस्कार तथा मायाको चिनो प्रदान गरे।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्