सुनको मूल्य फेरि बढ्यो, तोलाको कति ?

लाेकपाटी न्यूज

काठमाडौं, १६ असोज। आज सुनको मूल्य ११ सय रुपैयाँले बढेको छ। बिहीबार छापावाल सुन प्रतितोला ७० हजार ९ सय रुपैयाँ कायम भएको सुन चाँदी व्यवसायी महासंघले जनाएको छ।

अघिल्लो कारोबारमा सुन ६९ हजार ८ सय रुपैयाँ प्रतितोला थियो । तेजावी सुन ७० हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ। यता चाँदीको मूल्य पनि बढेको छ। चाँदी तोलामा १५ रुपैयाँले बढेर ८ सय ५० रुपैयाँमा कारोबार भइरहेको हो।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्