मस्जिदमा आक्रमण हुँदा १५ काे मृत्यु

स्थानीय प्रहरीले उक्त आक्रमणका कारण अरु पाँच जना घाइते भएको जनाएका छन्। बुर्किनाफासोको राजधानीबाट करिब २६९ किलोमिटर उत्तरमा रहेको गोरोमगोरोम गाउँमा उक्त घटना भएको हो।
लाेकपाटी न्यूज

काठमाडाैं। अफ्रिकी मुलुक बुर्किनाफासोको उत्तरी भेगमा रहेको एउटा मस्जिदमा अज्ञात बन्दुकधारीले शुक्रबार गरेको आक्रमणमा परेर कम्तीमा १५ जनाको मृत्यु भएको छ।

स्थानीय प्रहरीले उक्त आक्रमणका कारण अरु पाँच जना घाइते भएको जनाएका छन्। बुर्किनाफासोको राजधानीबाट करिब २६९ किलोमिटर उत्तरमा रहेको गोरोमगोरोम गाउँमा उक्त घटना भएको हो।

बुर्किनाफासो सरकारले भने उक्त घटनाका बारेमा कुनै टिप्पणी गरेको छैन। सन् २०१५ यता बुर्किनाफासोमा लगातार आतंकवादी आक्रमण भइरहेका छन्। यसक्रममा पाँच सयभन्दा बढी मानिसको मृत्यु हुनुका साथै दुई लाख ८० हजारभन्दा बढी मानिस विस्थापित भएका छन्।

पछिल्ला केही दिनदेखि देशका विभिन्न भागमा शृंखलाबद्ध आतंकवादी आक्रमणहरु भइरहेका छन्। मानिसहरु सुरक्षित स्थलको खोजी गर्दै विस्थापित हुनेक्रम बढेको छ।

सरकारले आतंकवादी आक्रमण भएका र असुरक्षित ठानिएका विभिन्न क्षेत्रमा आपतकालीन स्थितिको घोषणा र कफ्र्यु लगाएको छ। –सिन्ह्वा

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्