नेपाल–चीन सहमति : सगरमाथाकाे उचाई संयुक्त रुपमा घाेषणा गर्ने

लाेकपाटी न्यूज
0 Shares

काठमाडौं । नेपाल र चीनबीच सगरमाथाको उचाई संयुक्त रुपमा घोषणा गर्ने सहमति भएको छ ।

चिनियाँ राष्ट्रपति सी जिनपिङको नेपाल भ्रमणको अन्तिममा जारी १४ बुँदे संयुक्त वक्तव्यमा माउन्ट सगरमाथा र जोमोलुङ्मालाई नेपाल र चीन मित्रताको प्रतीक भएको स्वीकार गरिएको छ ।

जलवायु परिर्वतन र पर्यावरणको रक्षाका लागि दुई देशले सहकार्य गर्ने पनि संयुक्त वक्तव्यमा उल्लेख छ । नेपालले अहिले सगरमाथाको उचाई नाप्ने काम गरिरहेको छ ।