यी हुन् प्रस्तावित १३ सुरुङमार्ग

लाेकपाटी न्यूज

काठमाडाैं, २८ असााेज। सरकारले सडक सञ्जाललाई सुरक्षित र छोटो बनाउन यो वर्ष १३ वटा सुरुङमार्ग अन्डरपासको सम्भाव्यता अध्ययन गर्ने भएको छ ।

तीमध्ये ८ सुरुङमार्गको पूर्वसम्भाव्यता अध्ययन भइसकेको छ भने ५ वटाको बाँकी छ । भौतिक पूर्वाधार तथा योजना मन्त्रालयको वार्षिक कार्यक्रममा चालु आर्थिक वर्षमा १२ सुरुङमार्गको अध्ययन गर्ने उल्लेख छ ।

यी हुन् प्रस्तावित सुरुङमार्गः

१.बुटवल–सिद्धबाबा
२. टोखा–छहरे–गुर्जे भन्ज्याङ
३. कोटेश्वर–जडीबुटी
४.खुर्कोट–चियावारी (सिन्धुली)
५.कैलाली खुटिया–बीपीनगर–दियायल खण्ड
६.थानकोट–चित्लाङ
७.गोदावरी (ललितपुर)–मानेचौर (काभ्रे)
८. नयाँ बनेश्वरमा अन्डरपास
९. कुलेखानी–भीमफेदी
१०. हेम्जा–नयाँपुल (पोखरा–बागलुङ सडक)
११. दोलखाको लामाबजर
१२. बुटबल–नारायणगढको दाउन्ने खण्ड
१३.बेत्रावती–घट्टेखोला (स्याफ्रुबेसी)

याे समाचार कान्तिपुर दैनिकमा दिनेश रेग्मीले लेखेका छन् ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्