प्रधानमन्त्रीले आवश्यक ठाने मन्त्रिमण्डल पुनर्गठन हुन्छ

Iswor pokharel
लाेकपाटी न्यूज

काठमाडौं, २९ असोज । उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेलले देशको समृद्धि, संस्कृति र आपसी सद्भावका सवालमा साझा बिन्दु पहिल्याएर अघि बढ्न चाडपर्व र चियापानले सकारात्मक सन्देश दिने बताएका छन्।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले दशैं, तिहार, छठलगायत पर्वका अवसरमा भृकुटीमण्डपमा आयोजना गरिएको चियापान कार्यक्रममा पत्रकारसँग कुरा गर्दै सो कुरा बताएका हुन्।

उपप्रधानमन्त्री एवं रक्षामन्त्री पोखरेलले प्रधानमन्त्रीले आवश्यक ठानेमा मन्त्री हेरफेर हुनसक्ने बताए। मन्त्री हेरफेर गर्ने विषय प्रधानमन्त्रीको क्षेत्राधिकारको विषय भएकोभन्दै पार्टीका नेताहरुसँग आवश्यक परामर्श गरेर प्रधानमन्त्रीले मन्त्रिमण्डल पुनर्गठन गर्न सक्ने बताए।