‘द हन्ड्रेड’ र ‘टी–१० लिग’ क्रिकेटमा सन्दीप अनुबन्धित, कति पाउँदैछन् मूल्य ?

sandip lamichhane
लाेकपाटी न्यूज
0 Shares

काठमाडौं, ३० असोज। स्टार क्रिकेटर सन्दीप लामिछानेले एकैदिन दुईवटा प्रतियोगितामा अनुबन्ध भएका छन्। इंग्ल्याण्ड र वेल्समा आयोजना हुने ‘द हन्ड्रेड’ क्रिकेट र यूएईमा हुने टी–१० र प्रतियोगिताका लागि सन्दीप अनुबन्ध भएका हुन्।

इंग्ल्यान्ड र वेल्समा आयोजना हुने ‘द हन्ड्रेड’ क्रिकेट प्रतियोगिताको ड्राफ्टबाट सन्दीपलाई बुधबार राति बिर्मिङहाम फोनिक्सले अनुबन्धित गरेको हो। सन्दीपलाई फोनिक्सले एक लाख पाउण्डमा आफ्नो टिमा अनुबन्धित गरेको हो। योसँगै सन्दीपले करिब एक करोड ४६ लाख नेपाली रुपैयाँ पाउने छन्।

त्यस्तै, बुधबार राति नै सन्दीप अर्को प्रतियोगिताको लागि पनि अनुबन्धित भएका छन्। सन्दीप यूएईमा हुने टी–१० लिग क्रिकेटमा सन्दीपले दोस्रोपटक खेल्ने भएका हुन्। सन्दीपलाई कर्नाटकाले ४५ हजार अमेरिकी डलरमा आफ्नो टिममा भित्र्याएका छन्।

योसँगै सन्दीप लामिछाने एकै दिन दुई वटा प्रतियोगितामा गरी करिब दुई करोड नेपाली रुपैयाँमा अनुबन्धित भएका हुन्। विभिन्न फ्रेन्चाइज लिगमा अनुबन्ध भइरहेका नेपाली युवा क्रिकेटर सन्दीप लामिछानेलेको यो नै अहिलेसम्मको मंहगो मूल्य हो।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्