कक्षा २ सम्मका बच्चालाई होमवर्क दिन नपाइने !

लाेकपाटी न्यूज
0 Shares

काठमाडाैं। हाम्रो देशमा स्कूले बच्चालाई बढी होमवर्क दिएमा या धेरै किताब बोक्न लगाएमा शिक्षामा सुधार आउने मानसिकता हाबी हुँदै गईरहेको छ। अझ भन्ने हो भने नीजि विद्यालयहरुमा याे स्थिति विकराल छ।

बच्चाको शरीरले थेग्न नसक्ने गरी झोला बोकाउने प्रबृत्ति मौलाउँदै गएको अवस्थामा भारतकाे दिल्लीमा भने बच्चाका लागि झोला बोकाउने नयाँ मापदण्ड बनाइएको छ।

यस अनुसार कक्षा २ सम्म पढ्ने बच्चाको स्कूले ब्याग १.५ केजी र १० कक्षामा पढ्ने विद्यार्थीको व्याग ५ किलोभन्दा माथि हुन नहुने निर्देशन जारी भएको छ। भारी ब्यागको बोझले बच्चाको मानसिकतामा असर परेको भन्दै यो नियम लागू गर्न लागिएको हो।

यो संगै अव कक्षा ६ देखि १० सम्म ६ वटा भन्दा बढी किताव पढाउन नहुने समेत बताइएको छ। कक्षा २ सम्म पढ्ने स–साना स्कूले बच्चालाई होमवर्क दिन नपाइने यो अघि नै बताइएको थियो। –एजेन्सी

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्