रवि लामिछानेविरुद्ध उच्च अदालत हेटौंडाले दियो यस्तो आदेश

Rabi-Lamichhane-1
लाेकपाटी न्यूज
0 Shares

काठमाडौं, ३० असोज। सञ्चारकर्मी रवि लामिछानेविरुद्ध जिल्ला अदालत चितवनले गरेको आदेश यथावत राख्न उच्च अदालत हेटौंडाले आदेश दिएको छ।

यस्तै सञ्चारकर्मी युवराज कँडेलविरुद्धको हकमा पनि उच्च अदालत हेटौंडाले जिल्ला अदालतले गरेको आदेश उपर धरौटी कायम गर्न आदेश दिएको छ। यस्तै अस्मिता कार्की रुकुको हकमा साधारण तारेखमा रिहा गरेको फैसला सदर गर्न उच्च अदालत हेटौंडाको आदेश छ। अस्मिताको पक्षमा अधिवक्ता मनिष कुमार श्रेष्ठ र केदार गुरागाईंले बहस गरेका थिए ।

आत्महत्या दुरुत्सान अभियोगमा तीनै जना केही महिनाअघि काठमाडौं उपत्यकाबाट पक्राउ परेका थिए। पक्राउ परेका लामिछाने ५ लाख धरौटी, कँडेल ३ लाख र कार्की साधारण तारेखमा रिहा भएका थिए।