महराकाे मुद्दा किनारा नलागी सभामूखकाे निर्वाचन हुँदैन

deb gurung
लाेकपाटी न्यूज

काठमाडौं, ३ कात्तिक । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रमूख सचेतक देवप्रसाद गुरुङले तत्काल सभामूखको निर्वाचन हुने अवस्था नरहेको बताएका छन्।

आज संवाद चौतारीले काठमाडौंमा आयोजना गरेको अन्तरसंवाद कार्यक्रममा बोल्दै प्रमूख सचेतक गुरुङले एउटै दलको सभामूख र उपसभामूख हुन नपाउने भन्दै सर्वोच्च अदालतमा दायर गरिएको मुद्दा विचाराधीन रहेकाले सभामूखको निर्वाचनबारे टीकाटिप्पणी गरिरहने नमिल्ने बताए ।

यौन दूराचारको आरोप लागेपछि कृष्णबहादुर महराले सभामूख पदबाट राजीनामा दिएका छन्। सोही पदका लागि निर्वाचन गर्न सर्वोच्च अदालतमा विचाराधीन मुद्दाले असहज बनाएको प्रमूख सचेतक गुरुङको भनाइ छ। नेता गुरुङले सभामूखको निर्वाचन हुनका लागि उपसभामूखले राजीनामा दिनुपर्ने अवस्था रहेको बताए ।

सभामूख र उपसभामूख दुबै पद खाली भए दलहरुबीच सहमतिको आधारमा उम्मेदवार तय गरेर निर्वाचन गर्न सकिने प्रमूख सचेतक गुरुङको भनाइ छ। प्रमूख सचेतक गुरुङले सभामूखको निर्वाचन गर्ने अवस्था नै नभएका बेला त्यसमा व्यक्तिले दावी गर्नुको कुनै औचित्य नरहेको बताए ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्