सुखकला राईको ‘दुईटा मुटु’ सार्वजनिक (भिडियाेसहित)

लाेकपाटी न्यूज
0 Shares

काठमाडौं। गीतकार सुखकला राईको नयाँ गीतकाे म्युजिक भिडियाे सार्वजनिक भएकाे छ। गायक कृष्ण भक्त राईको ‘दुईटा मुटु एउटै भएको रात’ बोलको आधुनिक गीतको साे म्युजिक भिडियो हालै सार्वजनिक भएको हो।

गीतमा स्वयम् राईकै सङ्गीत रहेको छ भने शिर कुमार सम्पाङ्ले भिडियाेकाे सम्पादन गरेका छन् । गीतकार राज वान्तवाको छायांकन तथा निर्देशन रहेको उक्त भिडियोमा युवा लेखक तथा अभिनेता जीवन थापा ‘क्षितिज’, लक्ष्मी ल्वागुन र देवाहाङ्ग राईले अभिनय गरेका छन् ।

सुखकला राईको शब्द रहेको गीत उनकै युटुव च्यानलबाट सार्वजनिक भएको हाे। उक्त भिडियो सुनसरी जिल्लाको धरान सेरोफेरोमा छायांकन गरिएको निर्देशक राज बान्तवाले बताएका छन् । गीतकार राई रेडियाे नेपाल प्रादेशिक प्रसारण केन्द्र धनकुटाका सम्पादक अधिकृत हुन्।

भिडियाेः

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्