आलम अभियोगः इँटाभट्टासम्म घाइते ओसार्न प्रयाेग गरिएकाे ट्रयाक्टर भेटियाे

लाेकपाटी न्यूज

राैतहट। विस्फोटमा मृत्यु तथा घाइते भएकाहरुलाई इँटाभट्टामा लग्न रौतहट २ का सांसद मोहम्मद अफ्ताव आलमले प्रयोग गरेको ट्रयाक्टर प्रहरीले बरामद गरेको छ । पहिलो संविधान सभाको निर्वाचनको अघिल्लो दिन भएकाे बम विष्फोटका घाइतेलाई जिउँदै इँटाभट्टासम्म ओसार्न प्रयोग गरिएको ट्रयाक्टर भेटिएपछि प्रहरीले नियन्त्रणमा लिएको हाे ।

प्रहरी स्राेतका अनुसार ना १ त ६४७२ नम्वरको उक्त ट्रयाक्टर घटनाको प्रमाण मेटाउने योजनाअन्तर्गत नै अफतावका भाइ महताव आलमले २३ असार २०६७ मा बिक्री गरेका थिए । २४ जेठ २०५७ मा महतावकै नाममा खरिद भएको सोही ट्रयाक्टरमा बम विष्फोटमा परेकाहरूलाई हालेर इँटाभट्टामा लगिएको थियो ।

उक्त ट्रयाक्टर रौतहट, देवाहीगेनाही नगरपालिका–२ करुनीयाका उमाशंकर साहले खरिद गरेको प्रहरीले बताएको छ । सोमबार साहकै घरबाट प्रहरीले उक्त ट्रयाक्टर बरामद गरेको हाे ।

विस्फोटका प्रत्यक्षदर्शी र विस्फोटका प्रमाण भेटिँदा पनि आलमले पोलिग्राफ परीक्षण गर्न मानिरहेका छैनन् ।इँटा भट्टा समेत घटनासँग जोडिएका अन्य सबै प्रमाण नष्ट गरिसकेपछि गाउँमा ट्रयाक्टरको चर्चा हुन थालेपछि त्यसलाई पनि बेचिदिएको प्रहरीले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्