मजदुर कुट्ने वडा सदस्य पक्राउ

Tinau-gaupalika
लाेकपाटी न्यूज

पाल्पा, ६ कात्तिक। पाल्पाको तिनाउ गाउँपालिका वडा नम्बर ६ का वडा सदस्य चुन्नबहादुर विष्टलाई जिल्ला प्रहरी कार्यालय पाल्पाको टोलीले पक्राउ गरेको छ।

विष्टले गएको आइतबार स्थानीय मनबिर नेपालीलाई जातीय गालीगलौच गर्दै कुटपिट गरेको भन्दै प्रहरीमा उजुरी परेको थियो। आज दिउँसो पक्राउ परेका विष्टमाथि थप अनुसन्धान गर्न जिल्ला अदालत पाल्पाबाट ८ दिनको म्याद थप भएको प्रहरीले जनाएको छ। ५१ वर्षीय नेपालीले वडा सदस्य विष्टको गोठमा गारो लगाउने काम गरेबापतको पारिश्रमिक माग्न जाँदा उल्टै कुटपिट गरेको भन्दै प्रहरीमा निवेदन दिए।

विष्टमाथि जातीय छुवाछुत तथा भेदभावअन्तर्गत मुद्दा दर्ता भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाले जनाएको छ । पक्राउ परेका विष्टले भने पहिले नेपालीले आफूमाथि हातपात गरेपछि प्रतिकार मात्रै गरेको प्रतिक्रिया दिएका छन् ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्