नेपालमा भएका सबै विकास कांग्रेसका पालामा भएको हो : महामन्त्री कोइराला

shashank koirala congress
लाेकपाटी न्यूज
0 Shares

चितवन, ९ कात्तिक। नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले प्रेसको स्वतन्त्रता नै राष्ट्रको स्वतन्त्रता रहेको बताएका छन्। नेपाल प्रेस युनियन चितवनले आज आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा उनले प्रेस स्वतन्त्रताले नै राष्ट्र स्वतन्त्र छ कि छैन भन्ने देखाउने बताए ।

प्रेस स्वतन्त्रता कसैले पनि हनन गर्न नहुने भन्दै उनले त्यो स्वतन्त्रतामा नै रहनुपर्ने बताए। अहिलेको सरकारले प्रेसलाई सङकुचित गर्ने प्रयास गरिरहेको आरोप लगाउँदै नेता कोइरालाले त्यसको आफू र आफ्नो पार्टीले निन्दा गर्ने बताए।  उनले भने, ‘नेपाली कांग्रेसले जहिले पनि प्रेस स्वतन्त्रतालाई मुख्य उद्देश्यमा नै राख्ने गरेको छ ।’

देश समृद्ध बनाउनका लागि विदेशमा रहेका रु ५० लाखभन्दा बढी युवालाई फर्काउन सक्नुपर्ने भन्दै उनले नेपालमा अहिले भएका सबै विकास कांग्रेसका पालामा भएको दावी गरे। अहिले दुईतिहाइको सरकार भएर पनि कुनै देश विकासका लागि स्पष्ट दृष्टिकोण र सपना नभएको बताए।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्