अभिनेत्री सनी लियाेनीकाे दीपावली (तस्विरमा हेर्नुहाेस्)

लाेकपाटी न्यूज
0 Shares

काठमाडौं। दक्षिण एसियाका हिन्दूहरुको मुख्य पर्व दीपावलीमा अहिले अन्य धर्म तथा सम्प्रदायका व्यक्ति पनि सहभागिता बढ्दै गइरहेको छ । कलाकारदेखि राजनीतिक दलका नेताहरुले धार्मिक दायरलाई नाघ्दै दीपावलीलाई धार्मिक सहिष्णुता बढाउने पर्वका रुपमा चिनाउने प्रयास गरिरहेका हुन्छन् ।

चर्चित अभिनेतादेखि खेलाडी र राजनीतिक दलका नेताहरुले आफ्नो धर्मको दायरालाई नाघेर दीपावली मनाइरहेका हुन्छन् । एडल्ड फिल्म हुँदै बलिउड प्रवेश गरेकी अभिनेत्री सनि लियोनीले पनि धुमधामसँग दीपावली मनाएकी छन् ।

सनी लियोनीले दीपावली मनाएका तस्वीरहरु सामाजिक सञ्जालमार्फत शेयर गरेकी छन् । लियाेनीका अतिरिक्त उनका पति डेनियल वेबर पनि तस्वीरमा छन् । सनि र डेनियलले आफ्नी छोरी निशासँग रमाइलो गरेर दीपावली मनाएका छन् ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्