प्रधानमन्त्रीको फेरि मिर्गौला फेर्ने तयारी

PM_KP_Oli
लाेकपाटी न्यूज
0 Shares

काठमाडौं, १४ कात्तिक । प्रधानमन्त्री केपी शर्मा ओलीको मिर्गौला पुन प्रत्यारोपण गर्ने तयारी गरिएको छ।मिर्गौलामा थप समस्या देखिएपछि डाइलाइसिस गरिएको छ र यदी त्यसले काम गरेन भने मिर्गौला प्रत्यारोपणको तयारी गरिएको छ।

स्वास्थ्यमा समस्या देखिएपछि प्रधानमन्त्री ओलीलाई बुधवार विहान धापासीस्थित ग्रान्डी अस्पताल लगिएको थियो । श्रोतका अनुसार प्रधानमन्त्रीको रगतमा क्रियाटिनको मात्रा बढी देखिएको छ र डायलाइसिसबाट पनि सुधार आएको छैन। प्रधानमन्त्रीको शरीर केही फुलेको र सामान्य ज्वरो पनि आइरहेको छ।

प्रधानमन्त्रीकी निजी चिकित्सक प्रा.डा. दिव्या सिंह शाह र अस्पतालका मेडिकल डाइरेक्टर चक्रराज पाण्डेले हिजो साँझ जारी गरेको विज्ञप्तिमा प्रधामन्त्रीको अवस्था सामान्य भएको र आजसम्मा डिस्चार्ज गर्ने बताइएको थियो।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्