पुस ११ देखि १३ सम्म बुद्ध-सरयू चलचित्र महोत्सव

pic
लाेकपाटी न्यूज
0 Shares

घोराही, २४ मंसिर । दाङमा राष्ट्रिय बुद्ध–सरयू चलचित्र महोत्सव २०७६ हुने भएको छ। आगामी पुस ११, १२ र १३ गते राष्ट्रिय बुद्ध–सरयू चलचित्र महोत्सव २०७६ हुन् लागेको हो।

महोत्सवलाई सफल बनाउन दाङका प्रमूख राजनीतिक दल, जनप्रतिनिधि नागरिक समाज, उद्योगी, व्यसायी, पत्रकार, सरकारी तथा गैर सरकारी संस्था तथा सरोकारवालहरुले साँझा प्रतिबद्धता व्यक्त गरेका छन्। महोत्सव मूल आयोजक समितिले आयोजना गरेको बृहत अन्र्तक्रिया कार्यक्रममा सबै सरोकारवाला निकायहरुले साँझा प्रतिवद्धता व्यक्त गरेका हुन्। महोत्सवलाई घोराही उपमहानगरपालिका र दाङ जिल्ला उद्योग वाणिज्य संघले ऐक्यवद्धता व्यक्त गरिसकेको छ।

बृहत अन्र्तक्रिया कार्यक्रमा बोल्दै प्रतिनिधि सभाका सांसद मेटमणी चौधरीले महोत्सवले प्रदेश ५ को कला, साहित्य, संस्कृति र चलचित्रको विकासमा महत्वपूर्ण योगदान पुर्याउनुका साथै यस क्षेत्रको पर्यटन प्रवद्र्धनमा सहयोग पुग्ने अपेक्षा व्यक्त गरे। उनले महोत्सव सफल बनाउन आँफूले पहल गर्ने प्रतिबद्धतासमेत व्यक्त गरे।

कार्यक्रममा चलचित्र विकास वोर्डका पूर्व अध्यक्ष एवं वरिष्ठ साहित्यकार अमर गिरीले चलचित्र महोत्सव प्रदेश ५ का लागि नौलो भएको उल्लेख गर्दै यसले यो प्रदेशको पर्यटन प्रवद्र्धनमा योगदान पुर्याउने विश्वास व्यक्त गरे।प्रेस स्वतन्त्रता सेनानी एवं वरिष्ठ पत्रकार सुशिल गौतमले चलचित्र महोत्सवले सामाजिक, सास्कृति एवं ऐतिहासिक चलचित्रहरुको प्रवद्र्धनमा सहयोग पुग्ने बताए।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रदेश कमिटी सचिवालय सदस्य लक्ष्मण आचार्यले चलचित्रले जनताको वास्तविक स्थितिको चित्रण गर्ने उल्लेख गर्दै महोत्सवले आगामी दिनमा चलचित्रको विकासमा थप सहयोग पुग्ने बताए। राष्ट्रिय जनमोर्चाका अध्यक्ष गणेश आचार्यले चलचित्र पर्यटन प्रवद्र्धनको एउटा प्रमूख माध्यम भएको उल्लेख गर्दै यस क्षेत्रका पर्यटकीय क्षेत्रको प्रचार प्रसारमा अघि बढ्नुपर्ने आवश्यकता औंलाए।

चलचित्र निर्देशक मुनाल घिमिरेले महोत्सवलाई सफल बनाउन सबैले साझा प्रतिबद्धता व्यक्त गरेकोमा खुसी व्यक्त गरे। महोत्सव मुल आयोजक समितिका संयोजक केएल पीडितले चलचित्र महोत्सव सबैको साझा भएको उल्लेख गर्दै सहयोगका लागि अपिल गरे।

कार्यक्रममा जनप्रतिनिधि, नागरिक समाज, पत्रकार महासंघ, उद्योगी व्यसायी, चलचित्रकर्मी, प्याव्सन, मानवअधिकारकर्मी, युवा संघ, महिला अधिकारकर्मी लगायतको उपस्थिति रहेको थियो। कार्यक्रमको सहजीकरण महोत्सव मुल आयोजक समितिका सचिव एवं प्रचार प्रसार उपसमितिका संयोजक पाण्डव शर्माले गरेका थिए।

प्रदेश नम्बर ५ मा पहिलो पटक हुन् थालेको राष्ट्रिय स्तरको चलचित्र महोत्सवले यस क्षेत्रको चलचित्र तथा पर्यटन क्षेत्रको विकासमा महत्वपूर्ण योगदान पुर्याउने संयोजक केएल पीडितले बताए। महोत्सवमा ऐतिहासिक चलचित्रहरु प्रर्दशन गरिने छन्।

त्यसैगरी चलचित्रको विकास तथा यसका अवसर र चुनौती लगायतका विषयमा राष्ट्रियस्तरको बहस गरिने उनले जानकारी दिए। महोत्वमा यस क्षेत्रका प्रमूख पर्यटकीय क्षेत्रलाई राष्ट्रियस्तरका व्यक्तित्वहरुलाई अवलोकन गराइने छ।