प्रधानमन्त्रीको सीसीयूमा राखेर डायलाईसिस गरिँदै

KP Sharma Oli
लाेकपाटी न्यूज
0 Shares

काठमाडौं, २४ मंसिर। प्रधानमन्त्री केपी शर्मा ओलीको सीसीयूमा राखेर उपचार थालिएको छ। स्वास्थ्यमा समस्या देखिएपछि अस्पताल पुगेका प्रधानमन्त्री केपी शर्मा ओलीको सीसीयूमा राखेर उपचार थालिएको हो।

आज साँझ स्वास्थ्यमा समस्या देखिएपछि महाराजगञ्जस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलुर एण्ड ट्रान्सप्लान्ट सेन्टरमा पुगेका प्रधानमन्त्रीको डायलाइसीस गर्न थालिएको उपचारमा संलग्न डा, अरुण सायमीले बताए।डायलाइसीस गर्न चार घण्टा लाग्ने र त्यसपछि प्रधानमन्त्री आजै बालुवाटार फर्किने डाक्टर सायमीले बताए।

चिकित्सकका अनुसार अस्पताल पुग्नेवित्तिकै प्रधानमन्त्री ओलीलाई नेबोलाइजेसन (वाफ दिने ) र इमिपेनम नामक एन्टिबायोटिक दिइएको थियो। यो उनको नियमित डायलाइसीस हो । अर्को महिनादेखि प्रधानमन्त्री निवास बालुवाटारमै उनको डायलाइसीसको व्यवस्था गरिने चिकित्सकको भनाइ छ। प्रधानमन्त्री ओलीको हिजै डाइलाइसीस गर्नुपर्ने भएपनि मन्त्रिपरिषद् बैठकका कारण आज गर्न थालिएको हो।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्