खानेपानी मन्त्री मगरले हालिन भोट

Bina magar
लाेकपाटी न्यूज

काठमाडौं, १४ मंसिर । प्रतिनिधिसभा, प्रदेशसभा र स्थानीय तहका रिक्त ५२ पदका लागि भइरहेको निर्वाचनमा मन्त्रीदेखि चर्चित उम्मेदवारसम्मले मतदान गरेका छन्। बिहान ७ बजेदेखि सुरु भएको मतदानमा खानेपानी तथा सरसफाइ मन्त्री बीना मगर सहभागी भएकी छिन्।

मगर कञ्चनपुरको पुनर्वासकी मतदाता हुन्। उनले पुनर्वास ३, कञ्चनपुरको गोरखा आधारभूत विद्यालयमा पुगेर आज बिहानै मतदान गरेकी हुन्।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्