‘चपली हाईट ३’ घोषणा, मूख्य भूमिकामा स्वस्तिमा

0

काठमाडौं, २५ भदौ। नेपाली थ्रीलर सिनेमा ‘चपली हाइट’ को तेस्रो शृङ्खला बन्ने पक्का भएको छ। मंगलबार राजधानीमा एक कार्यक्रमकाबिच सिनेमाको घोषणा गरिएको छ।

घोषणामा सिनेमाका प्रमूख कलाकारहरूको उपस्थिति थियो। अर्जुन कुमार फिल्मस् र केडिसी हस्पिटलले संयुक्त रुपमा निर्माण गर्ने सिनेमामा अभिनेत्री स्वस्तिमा खड्काको प्रमुख भूमिका रहनेछ। उनको जोडी नव-अभिनेता महेश त्रिपाठीसँग बाँधिएको छ।

यो सिनेमामा पहिलो पार्टमा प्रमुख भूमिका निभाएका अभिनेता आमिर गौतम पनि दोहोरिएका छन्। सिनेमालाई ‘फाटेको जुत्ता’ फेम्ड निर्देशक निकेश खड्काले निर्देशन गर्दैछन्। यसअघिका दुई श्रृखंललाई भने दीपेन्द्र के खनाललले निर्देशन गरेका थिए। सिनेमालाई चैतमा प्रदर्शनमा ल्याउने लक्ष्य राखिएको छ।

Comments
Loading...
You might also like