नेपाल आउने तयारीमा भारतीय गायक टोनी कक्कर

0

रौतहट, २५ भदौ। भारतीय गायक तथा कम्पोजर टोनी कक्कर नेपाल आउने भएका छन्। उनलाई सीनआई इभेन्टले नेपाल ल्याउन लागेको हो। नेपाल भ्रमण वर्ष २०२० को अवसरमा नेपाल ल्याउन लागेको आयोजकले जनाएको छ।

उनी १९ सेप्टेम्बर बिहीबारका दिन नेपाल आउने छन्। काठमाडौंको क्लब फेरनहाइटमा उनले प्रस्तुति दिने बताइएको छ। कार्यक्रमका लागि पाँच हजार र पैतिस सयका दरले टिकट राखिएको आयोजकले जनाएको छ ।

गायक कक्करले मिले हो तुम हमको, धिमेधिमे, कोकाकोला तुलगायतका गीतमा गाउनेछन्। कार्यक्रममा नेपाली ब्याण्ड तथा डिजेहरुले पनि प्रस्तुति दिनेछन्। सो कार्यक्रममा नेपाली ब्याण्ड तथा डिजेहरुको प्रस्तुति रहने सीनआईका साजन जयसवालले बताए।

Comments
Loading...
You might also like