कृष्णनगर घटनाका मूख्य आरोपी शाह पक्राउ

nepal-police
लाेकपाटी न्यूज
0 Shares

कपिलवस्तु, १६ कात्तिक। कपिलवस्तुको कृष्णनगर घटनाका मूख्य आरोपी जमाल शाहलाई प्रहरीले पक्राउ गरेको छ। शाहलाई आज दिउँसो कृष्णनगरस्थित उनकै घरबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

लक्ष्मीपूजाको मूर्ति विर्सजनका क्रममा दुई समूहबीच विवाद भएको थियो। प्रदर्शन र झडप भएपछि स्थानीय प्रशासनले कर्फ्युसमेत लगाएको थियो।

सो क्रममा बिहीबार दिउँसो ‘प्रहरीले चलाएको’ गोली लागी २० वर्षीय भारतीय नागरिक सुरजकुमार पाण्डेको ज्यान गएको थियो। बिहीबार राति दुई पक्षबीच १० बुँदे सहमति भएसँगै लक्ष्मीको मूर्ति विसर्जन गरिएको थियो।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्