डा. गोविन्द केसीलाई साथ दिन्छौंः प्रकाश चन्द

rakash_chand pic
लाेकपाटी न्यूज

काठमाडौं, १८ कात्तिक। चिकित्सा शिक्षा संर्घष समितिका संयोजक प्रकाश चन्दले न्युनेटर हरिस बिस्तारै परिपक्क हुँदै जान थालेको बताएका छन् । मेडिकल शिक्षाका नाममा भइरहेको आन्दोलन दवाउन र विगतमा भएका सहमति–सम्झौता कार्यान्वयन गर्नुको साटो हरिसले बसुरुदिन जस्ता माफियाको चक्करमा लागेर आफू फस्ने खाडल आफै खन्दै हिँड्न थालेको उनले बताएका छन्।

उनले भने, ‘न्युनेटर हरिस बसुरुदिनबाट सिक्दैछन् । माफियाको सुत्र तर परिपक्व हुन अझै जानेका छैनन् । हरेक पटक सपनामा झस्किएर बिहान उठेर हतपतमा पत्रकार समेलन गर्छन् अनि आफै फस्ने नयाँ नयाँ शब्दहरु बोल्दै जान्छन् ।’

केही दिनअघि चितवन मेडिकल कलेजले एकतर्फी रुपमा पत्रकार सम्मेलन गरी बढी लिएको पैसा समायोजन गरिने जनाउँदै विभिन्न शीर्षकमा सो रकम समायोजन गरिने बताएको थियो । उनले भने, ‘विद्यार्थीमा भ्रम छरी हरिस जसरी पनि आन्दोलन दवाउने र विद्यार्थीको पैसा पचाउने याेजनामा छन्, तर यो सम्भव छैन।

समितिले अब काठमाडाैं संर्घष गर्ने र डा. गोविन्द केसीको आन्दोलनले उठाएका जायज मागका लागी बिद्यार्थीले पनि संर्घष चर्काउने जनाएको छ । यता चिकित्सा क्षेत्र सुधार एवं सुशासनको माग गर्दै आएका डा. केसीले सरकारले सम्झौता उल्लंघन गरेको भन्दै सोमबारदेखि डडेल्धुरामा १७ औँ अनशन पनि सुरु गरेका छन् ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्