च्याम्पियन्स लिगमा लिभरपुलको जित

liverpur
लाेकपाटी न्यूज

काठमाडौं, २० कात्तिक। च्याम्पियन्स लिगको गएराति भएको खेलमा लिभरपुलले जित हात पारेको छ। लिभरपुलले जिंकलाई २-१ ले पराजित गर्‍यो। घरेलु मैदानमा लिभरपुलले १४औं मिनेटमा विजनाल्डमको गोलसँगै अग्रता लिएको थियो।

लिभरपुलको जितमा जर्जिन्हो विजनाल्डम र एलेक्स अक्सलेड चेम्बरलिनले गोल गरे। यता, जिंकका लागि एमवना समटाले गोल गरे। खेलको १४ औं मिनेटमा नै जर्जिन्होले गोल गर्दै लिभरपुललाई अग्रता दिलाएका थिए।

तर खेलको ४० औं मिनेटमा समटाले गोल गरेपछि पहिलो हाफसम्म लिभरपुल र जिंकले १–१ गोलको बराबरी खेलेका थिए। खेलको ५३ औं मिनेटमा एलेक्सले गोल गर्दै लिभरपुललाई २–१ गोलको अग्रता दिलाए।

बाँकी समयमा लिभरपुलले जिंकलाई रोक्दै २–१ गोलको जित हात पारेको हो।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्