काठमाडौं, २० कात्तिक । कास्की क्षेत्र नं. २ को प्रतिनिधिसभा सदस्यमा उम्मेदवार नबन्ने कांग्रेस नेता धनराज गुरुङले बताएका छन्। पदाधिकारी बैठकमा गुरुङ स्वयंले आफू उम्मेदवार नबन्ने जानकारी गराएका हुन्।
कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले गुरुङलाई उम्मेदवार बनाउने भनी सार्वजनिक रुपमा भइरहेका चर्चाको खण्डन गरेका छन्। उनले ट्वीटरमार्फत् पदाधिकारी बैठकमै धनराज गुरुङ उपस्थित भएर स्थानीय साथीहरुलाई नै उम्मेदवार बनाउन उपयुक्त हुने राय प्रस्तुत गरेको बताएका छन्।
तत्कालिन सांसद रवीन्द्र अधिकारकिो हेलिकप्टर दुर्घटनामा निधन भएपछि कास्की–२ रिक्त छ । सो क्षेत्रमा कसलाई उमेदवार बनाउने भन्ने निर्णयमा कांग्रेस पुगिसेकेको छैन। उपनिर्वाचनका लागि उम्मेदवार मनोनयन बिहीबार हुँदैछ। कांग्रेसले अहिलेसम्म उम्मेदवार तय गर्न सकेको छैन।