मेलामा जेष्ठ नागरिकलाई प्रवेश निशूल्क

mela
लाेकपाटी न्यूज

रमेश भुसाल, २३ कार्तिक। प्रादेशिक औद्योगिक व्यापार मेलामा ७० वर्षभन्दा माथिका जेष्ठ नागरिकहरुले निशुल्क मेला अवलोकन गर्न पाउने भएका छन्।

पश्चिम नवलपरासीको सुनवलमा मंसिर ५ गतेदेखि १५ गतेसम्म सञ्चालन हुने प्रादेशिक औद्योगिक व्यापार मेलामा जेष्ठ नागरिकहरुको सम्मान स्वरुप प्रवेश शुल्कमा छुट गरिएको मेला अयोजक संस्था उद्योग वाणिज्य संघ सुनवलका अध्यक्ष रमेश कर्माचार्यले बताए। जेष्ठ नागरिकहरुले नगरपालिकाबाट प्राप्त गरेको जेष्ठ नागरिक परिचयपत्र साथमै लिएर जानुपर्र्नेे अध्यक्ष कर्माचार्यले बताए।

यस क्षेत्रकै विशेष आर्कषक साथै उत्कृष्ट मेला बनाउनका निम्ति अयोजक संस्था उद्योग वाणिज्य संघ सुनवलले नगरपालिका भित्रका सबै जनप्रतिनिधिहरु सहित बुद्धिजीवी, समाजसेवी र विभिन्न संघ संस्थाहरुसँग छलफल गरेको र सल्लाह सुझावअनुसार नै मेलाको तयारीलाई तीव्र पारेको आयोजक संघका वरिष्ठ उपाध्यक्ष लेखनाथ खरेलले बताए।

सोही क्रममा मेलालाई सफल बनाउन सुनवल नगरपालिका वडा नम्वर १२ मा जनप्रतिनिधिहरु सहित वुद्धिजीवी समाजसेवी, विभिन्न संघसस्थाको भेला सम्पन्न गरिएको छ। संघ अध्यक्ष रमेश कर्माचार्यको अध्यक्षता साथै वडा नम्वर १२ का  वडाध्यक्ष यामलाल पण्डेको आतिथ्यतामा सम्पन्न भेलाले मेलालाई सफल बनाउन प्रतिवद्ध रहेको बताएको छ।

त्यस्तै गरि वडा नम्वर ११ का वडाध्यक्ष देवीलाल डुम्रेको आतिथ्यतामा रहेको भेलाले मेलालाई सफल बनाउन पूर्ण साथ सहयोग र समर्थन रहने प्रतिवद्धता जनाएको संघका महासचिव तेजप्रसाद भण्डारीले बताए।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्