अष्ट्रेलियाको जङगलमा आगलागि हुँदा तीनको ज्यान गयो

रासस न्यूज
0 Shares

काठमाडौं, २४ कात्तिक। अष्ट्रेलियाको जङगल झाडीमा लागेको आगोले कम्तिमा तीनजनाको मृत्यु भएको छ। हजारौं व्यक्ति आगलागिबाट विस्थापित भएका छन्।

अधिकारीहरुका अनुसार मृत्यु हुने तीनजना मध्ये दुईजनाको शव सिडनीभन्दा ५५० किलोमिटर उत्तरमा पर्ने ग्लेन इन्स शहरमा फेला परेको छ। अष्ट्रेलियाको न्यु साउथ वेल्स र क्विन्सल्याण्डको करीब एक सय स्थानमा अझै झाडीमा आगो दन्केको देखिएको छ। न्यु साउथ वेल्समा करीब १ सय ५० घर आगोले नष्ट भएको छ।

जङगलमा करीब छ मिटरमाथिसम्म आगोको मुस्लो पुगेको छ। जुन ८० किलोमिटर प्रतिघण्टाको दरले अगाडि बढेको छ। आगो निभाउन एक हजार तीन सय आगो नियन्त्रक खटाइएका छन्।

अष्ट्रेलियाली प्रधानमन्त्री स्कट्ट मौरिसनले आगो नियन्त्रकलाई सघाउन सेना परिचालन गर्न सकिने बताए। अष्ट्रेलियाली अधिकारीहरुले भने मौसममा आउन सक्ने परिवर्तनले सिड्नी नजिकको क्षेत्र समेत आगोको जोखिममा पर्न सक्ने सचेत गराएका छन्।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्