३५ करोड लगानीमा पोखरामा माउन्टेन लज सञ्चालन

mountain ladge
लाेकपाटी न्यूज
0 Shares

पोखरा, २५ कात्तिक । पर्यटन वर्ष २०२० लाई लक्षित गरी पोखरामा पछिल्लो समय होटल र लज थपिँदै गएका छन्। नेपाली परम्परा झल्कने गरी ढुंगा र काठको अत्यधिक प्रयोग गरी बनाइएको लज बाराही ग्रुपले सन्चालनमा ल्याएको हो।

पोखरामा ८ रोपनी जग्गामा ३५ करोड रुपैयाँ लगानीमा माउन्टेन लज सञ्चालनमा ल्याइएको हो। ‘सराङकोट माउन्टेल लज’को स्वीमिङ पुलमासमेत माछापुच्छ्रे र अन्नपूर्णसहितका हिमालको प्रतिविम्ब पारिएको छ।

पर्यटक आकर्षित गराउनकै लागि यस्तो व्यवस्था गरिएको सञ्चालकको भनाइ छ।लज आन्तरिक तथा बाह्य पर्यटकको आकर्षक गन्तव्य बन्ने सञ्चालकहरुको विश्वास छ।

होटलमा दुईओटा ‘स्वीट’ र २८ ओटा ‘डिलक्स’ रुम रहेका छन्। ८० जना क्षमताको सभाहलसमेत रहेको छ। पोखराका युवा व्यवसायी विप्लव पौडेल र नारायण पहारीको लगानीमा सञ्चालनमा ल्याइएको हो।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्