एटिपी फाइनल्समा राफाल नाडाल पराजित

EyusKFF
लाेकपाटी न्यूज

काठमाडौं, २६ कात्तिक। राफाल नाडाल एटिपी फाइनल्स अन्तर्गत गएराति भएको पहिलो खेलमा पराजित भएका छन्। विश्व वरियतामा शीर्ष स्थानमा रहेका राफाल नाडाल यो पराजयसँगै विश्व वरियतामा रहने नाडानलको प्रयास असफल हुने खतरा बढेको छ।

साविक विजेता स्पेनिस नाडाल रुसका एलेक्जान्डर स्भेरेभसँग राउण्ड रोबिन प्रणालीको पहिलो खेलमै ६–२ र ६–४ को सोझो सेटमा पराजित भएका हुन्। सेप्टेम्बरमा भएको युएस ओपन यता नाडालले कुनै पनि प्रतियोगिता पूर्ण रुपमा पूरा गरेका छैनन् ।

शीर्ष बरियाताका ८ खेलाडीलाई दुई समूहमा विभाजन गरी हुने पुरुष तर्फको सिजन अन्त्य गर्ने प्रतिस्पर्धा एटिपी फाइनल्समा राउण्ड रोबिन लिगपछि दुबै समूहका शीर्ष दुई खेलाडी सेमिफाइनलमा पुग्छन् ।

सोमबार राति भएको खेलमा पारजित भएका नाडालले आफू खेलका लागि पूर्ण रुपमा फिट नरहेको बताए। खेल अघि नै उनको फिटनेसलाई लिएर चिन्ता व्यक्त गरिएको थियो। सेमिफाइनल खेल आउँदो शनिबार हुनेछ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्