अफगानिस्तानमाथि वेष्ट इण्डिजको क्लिन स्विप

West-Indies
लाेकपाटी न्यूज

काठमाडौं, २६ कात्तिक । अफगानिस्तानसँगको एकदिवसीय क्रिकेट सिरिजको शृंखला वेष्ट इण्डिजले क्लिन स्विप गरेको छ। सोमबार राति भएको अन्तिम तथा तेस्रो खेलमा अफगानिस्तानलाई पाँच विकेटले पराजित गर्दै वेष्ट इन्डिजले सिरिज ३–० ले जितेको हो ।

२५० रनको चुनौती पछ्याउँदै ब्याटिङ गरेको वेष्ट इडिजले ४८.४ ओभरमा पाँच विकेटको क्षतिमा लक्ष्य भेटायो । वेष्ट इन्डिजका लागि साइ होपले अविजित १०९ रन बनाए। त्यस्तै, रोस्टन चेसीले अविजित ४२ रन बनाउँदा ब्रान्डन किङले ३९ रनको बनाए। बलिङतर्फ अफगानिस्तानका मुजिब उर रहमानले दुई विकेट लिए।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको अफगानिस्तानले निर्धा्रित ५० ओभरमा सात विकेटको क्षतिमा २४९ रन बनायो। अफगानिस्तानका लागि अस्घर अफगानले ८६ तथा हजरतउल्लाह जाजई र मोहमद नाबीले समान ५०–५० रन बनाएका थिए । वेष्ट इन्डिजका किमो पाउलले तीन विकेट लिए ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्