गायिका लता अस्पताल भर्ना

Lata
लाेकपाटी न्यूज
0 Shares

काठमाडौं, २६ कात्तिक। स्वर कोकिलको उपमा पाएकी भारतीय गायिका लता मंगेशकर अस्पताल भर्ना भएकी छिन्। छातीमा इन्फेक्सन भएपछि उनलाई अस्पताल भर्ना गरिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।

९० वर्षीय उनको अवस्था गम्भीर रहेको र मुम्बईस्थित ब्रिच क्याण्डी अस्पतालमा उपचार चलिरहेको समाचार एजेन्सी पिटीआईलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ। गायिका मंगेशकरको तर्फबाट अनुशा श्रीनिवासनले भनेका छन् ‘लता जीलाई भाइरल इन्फेक्सन भएको छ, उनको उमेरलाई ख्याल राख्दै अस्पतालमा भर्ना गरिएको हो। उनको स्वास्थ्य स्थिति स्थिर र सुधार रहेको छ ।’

लताको स्वास्थ्यमा समस्या देखिएपछि सोमबार उनलाई अस्पताल भर्ना गरिएको थियो। समाचार एजेन्सी पीटीआईले जनाएअनुसार उनको अवस्था गम्भीर रहेको र आईसीयूमा राखेर उपचार थालिएको छ।भारत रत्नद्वारा विभुषित लता मंगेशकर भारतीय सिनेमा जगतकै सर्वश्रेष्ठ गायिका मानिन्छन् ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

Notice: Undefined variable: aria_req in /home/blogging/lokpati/wp-content/themes/patrik/comments.php on line 29

Notice: Undefined variable: aria_req in /home/blogging/lokpati/wp-content/themes/patrik/comments.php on line 34

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्