नायिका आँचल बिहेको तयारीमा 

anchal pic
लाेकपाटी न्यूज

काठमाडौं, २७ कात्तिक। नायिका आँचल शर्माले फागुनमा बिहे गर्ने बताएकी छिन्। करिव १ वर्षअघि एक कार्यक्रममा भेटपछि नजिकिएका नायिका आँचल शर्मा र डाक्टर उदिप श्रेष्ठको प्रेम अहिले गहिरो छ ।

उनीहरुले सार्वजनिक रुपमा नै प्रेम स्विकार गरिसकेका छन्। यो जोडीले अब प्रेम सम्बन्धलाई बैबाहिक जीवनमा परिणत गर्ने तयारी गरेको हो। नायिका आँचल शर्माका अनुसार उनीहरु यो वर्ष नै बिहेको तयारीमा छन्। उनले भनिन् ‘हामीले फागुणमा बिहे गर्ने तयारी गरेका छौैं। कुन दिन बिहे हुन्छ पक्का भएको छैन।’

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्