एजेन्सी। अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले भारतका विभिन्न इलाकामा एयर क्वालिटी इन्डेक्स खतरनाक स्तरमा पुगेको छ र राष्ट्रपति ट्रम्पले लस एन्जेलिसमा भारतको फोहोर आइरहेको बताएका छन्।
इकोनोमिक क्लब अफ न्यूयोर्कमा सम्बोधन गर्दै ट्रम्पले भने, ‘भारत, चीन र रुसको फोहोर लस एन्जेलिससम्म पुगिरहेको छ। तपाईंलाई थाहै छ कि यहाँ समस्या छ। तुलनात्मक रुपमा हामीसँग जमिनको सानो टुक्रा छ।
यदि तपाईं चीन, रुस र भारतजस्ता अन्य देशसँग तुलना गर्नुहुन्छ भने उनीहरु सरसफाई र धुँवा रोक्नका लागि केही पनि गरिरहेका छैनन्। उनीहरु आफ्नो फोहोर समुद्रमा फालिरहेका छन् र ती बग्दै गरेर लस एन्जेलिससम्म पुगिरहेका छन्।’