अनफलो गरेका पारसलाई सन्दिपले गरे ‘फलो ब्याक’

parash n sandip
लाेकपाटी न्यूज
0 Shares

काठमाडौं, २९ कात्तिक। नेपाली राष्ट्रिय क्रिकेट टोलीका निवर्तमान कप्तान पारस खड्कालाई युवा स्टार सन्दीप लामिछानेले ट्वीटरमा फलो गरेका छन्। यसअघि सामाजिक सञ्जालमा पारसलाई अनफलो गरेको भन्दै पारसका प्रशंसकले सन्दिपको आलोचना गरेका थिए। टि–१० लिग खेल्न युएई पुगेका सन्दिपले पारसलाई फलो गरेका हुन्।

सन्दिपको ट्वीटरमा १ लाख ७० हजार ६ सय फलोअर रहेका छन् भने उनले मात्रै १९ जनालाई फलो ब्याक दिएका छन्। जसमा पारससँगै अस्ट्रेलियाका पूर्व कप्तान ग्लेन म्याक्सवेल, माइकल क्लार्कसहित नेपाली क्रिकेट टोलीका खेलाडीलाई फलो ब्याक दिएका छन्।

सन्दीले बिहीबार राति टि–१० का लागि युएईमा रहेका निवर्तमान कप्तानसँगको फोटोसमेत सार्वजनिक गरेका थिए।टि–१० मा पहिलो पटक परेका पारसको टोली अबुधाबी समूह बि मा छ। उसले आफ्नो पहिलो खेल आज खेल्दैछ। अबुधाबीले कलन्दर्ससँग प्रतिस्पर्धा गर्दै लिगमा शुरुवात गर्दैछ।

पहिलो पटक लिग खेल्न युएई पुगेका नेपाली टोलीका निवर्तमान कप्तान खड्काले भने टोलीको पहिलो खेलमा स्थान पाउने नपाउने बारे कुनै संकेत छैन्। यता, लेग स्पिनर लामिछाने कर्नाटक टस्कर्समा आवद्ध छन् । उनको टोली समूह ए मा रहेको छ ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्