नेविसंघद्वारा माइतीघरमा प्रदर्शन: ‘गो ब्याक इण्डिया, गो ब्याक चाइना’

लाेकपाटी न्यूज
0 Shares

काठमाडौं, १ मंसिर । नेपाली कांग्रेसको विद्यार्थी संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ) ले नपाली भूमि अतिक्रमणको विरोधमा माइतीघर मण्डलामा विरोध प्रदर्शन गरेको छ ।

नेविसंघका पूर्वउपाध्यक्ष ऋषिकेशजंग शाहको नेतृत्वमा भूमि अतिक्रमणविरुद्ध आइतबार दिउँसो विरोध प्रदर्शन गरिएको छ । प्रदर्शनका क्रममा उनीहरुले गो ब्याक इन्डिया र गो ब्याक चाइनाको नारासमेत लगाएका थिए ।

दुबैतर्फबाट भारत र चीनले नेपाली भूमि अतिक्रमण गरेकोले उनीहरुले नेपाली भूमि छोडेर पछि हट्नुपर्ने माग गरेका थिए ।

माइघरमा नाराबाजीसहित दोस्रो पटक फन्को लगाउन थालेपछि प्रहरीले उनीहरुले रोकेको थियो । प्रहरीले रोकेपछि उनीहरु मण्डलाको भित्रीभागमा केन्द्रित छ । केहीले प्रहरीमाथि ढुंगा प्रहार गर्न खोजेका थिए ।

प्रदर्शन गर्दै अगाडि बढ्दा प्रहरीले लाठी चार्ज गर्‍यो । हाम्रा केही साथीलाई चोट लागेपछि हाम्रोतिरबाट पनि ढुंगामुढा भएको हो, निर्वतमान महामन्त्री सरोज थापाले भने ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्