पूर्वराजा ज्ञानेन्द्र र नायिका केकीबीच नाइट क्लबमा गफ

keki-with-gyannendra
लाेकपाटी न्यूज

काठमाडौं, २ मंसिर । शनिवार राति राजधानीको ठमेलस्थित एलओडी रेष्टुरेन्टमा पूर्वराजा ज्ञानेन्द्र शाह र हिमानी राज्यलक्ष्मी शाह नाचेको दृश्य अहिले सामाजिक सञ्जालमा चर्चाको विषय बनेको छ। पूर्वराजा ज्ञानेन्द्र, हिमानीलगायत राजधानीको एलओडी पुगेका थिए। पूर्वराजपरिवारले त्यहाँ झण्डै २ घण्टा बिताएका थिए।

संयोगवश कमेडी च्याम्पियनका लागि केकी अधिकारी, रीमा विश्वकर्मा लगायत पनि त्यहीँ पुगेका थिए। उनीहरूले ज्ञानेन्द्र, हिमानी लगायत अन्यसँग तस्वीर खिचाएका थिए। पूर्वराजा आउने खबर पाएपछि केकी लगायत अन्य कलाकार ज्ञानेन्द्रलाई कुरेर बसेका थिए। एलओडीमा ज्ञानेन्द्र, हिमानी आएपछि त्यहाँको माहोल नै परिवर्तन भएको केकीले बताइन्।

सञ्चालकले कलाकारका रुपमा केकीको परिचय गराउन खोज्दा पूर्वराजा ज्ञानेन्द्रले ‘चिन्छु’ भनेको केकीले बताइन्। ‘पूर्वराजाले उहाँलाई म चिन्छु, फिल्म पनि हेरेको छु, भन्नुभयो, मलाई त कस्तो प्राउड फिल भयो,’ केकीले भनिन्।
एलओडीमा अर्की नायिका पूजा शर्मा पनि पुगेकी थिइन्।

उनले पनि पूर्वराजा र हिमानीसँग खिचाएका तस्वीरहरु सामाजिक सञ्जालमा शनिवार नै अपलोड गरेकी थिइन्। पूर्वराजा र हिमानीले एलओडीमा आएका दर्शकसँग पनि साक्षात्मक गरेका थिए । उनी एलओडीमा ‘ह्याप्पी’ मुडमा देखिएका थिए।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्