प्रधानमन्त्री केपी शर्मा ओली नक्कली राष्ट्रवादी : बाबुराम भट्टराई

Baburam-Bhattarai-2
लाेकपाटी न्यूज
0 Shares

पोखरा, ८ मंसिर । समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईले सीमा अतिक्रमणका विषयमा प्रधानमन्त्री केपी शमौ ओलीले केही पनि पहल नगरेको आरोप लागाएका छन्। कास्की क्षेत्र नम्बर २ का समाजवादी पार्टीका उम्मेदवार धर्मराज गुरुङको चुनावी सभामा भट्टराईले प्रधानमन्त्री ओली कालापानी क्षेत्रको अतिक्रमण हटाउनको लागि राजनीतिक पहल नगरेको आरोप लगाएका हुन्।

प्रधानमन्त्री ओली नक्कली राष्ट्रवादी भएकोभन्दै बाहिर राष्ट्रवादको नारा लगाएका शासकहरु आन्तरिक रुपमा सत्ताको डरमा लत्त्रिने गरेको उनले दाबी गरे। ‘हिजो कसैले थाहा नपाउने गरी डिप्लोम्याटिक नोट लेखेर पठाउनुभएको छ रे। त्योबाहेक अहिलेसम्म कुनै राजनीतिक पहल गर्नुभएको छैन। तर बाहिर देखाउनका लागि मैले भारतीय सेना फिर्ता लैजाऊ भन्दिएँ भनेर डंका पिट्नु भयो ।’

भदौ २३ गते प्रधानमन्त्रीले बोलाएको सर्वदलीय बैठकमा आफूले राजनीतिक रुपमा बार्ता गरेर समस्या हल गर्न सुझाएको उनले सुनाए। राष्ट्रवादी भन्नुहुन्छ, अब सीमाको रक्षा कसरी गर्नुहुन्छ भनेर आफू प्रधानमन्त्रीलाई सोध्नुका साथै विकल्प पनि दिएको उनले बताए।

आफ्नो भूमि रक्षा गर्न सेनाको प्रयोग गरेर विदेशी शक्तिलाई आफ्नो सीमाबाट हटाउने वा संवादबाट हल गर्ने दुई उपाय रहेको र आफूले दोस्रो विकल्पमा जान सुझाइको भट्टराईले बताए।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्