सागमा पदक विजेता खेलाडीहरुको सम्मानमा पुरस्कार घोषणाको तयारी

  • 121
    Shares
0

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले १३ औँ दक्षिण एसियाली खेलकुद (साग)मा पदक विजेता नेपाली खेलाडी, तिनका प्रशिक्षक र पदाधिकारीहरुलाई सम्बोधन गर्ने भएका छन्। उनीहरुलाई प्रधानमन्त्री ओलीले आज बालुवाटारस्थित निवासमा बोलाएका छन्।

प्रधानमन्त्रीको सचिवालयका अनुसार भेटघाटको लागि दिउँसो सवा २ बजेको समय निर्धारण गरिएको छ। सो अवसरमा प्रधानमन्त्रीले राष्ट्रको प्रतिष्ठा र गौरव बढाउने खेलाडीको सम्मानमा सम्बोधन गर्ने तथा प्रोत्साहनस्वरुप पुरस्कारसमेत घोषणा गर्ने तयारी छ।

साग प्रतियोगितामा ५१ स्वर्ण, ६० रजत र ९५ कांस्य पदक जित्दै नेपाल दोस्रो भएको छ। प्रधानमन्त्री ओली अस्वस्थ भएका कारण सागको उदघाटन र समापन समारोहमा सहभागी हुन पाएका थिएनन्। उनले समापन समारोहको दिन मंगलबार भिडियो सन्देशमार्फत् खेलाडीहरुलाई बधाई दिएका थिए।

यसअघि सन् १९९९ मा काठमाडौँमा सम्पन्न आठौँ सागमा नेपालले ३१ स्वर्ण जितेको थियो।

Comments
Loading...
You might also like