वेदमा के छ, चार वेदको रहस्य

  • 650
    Shares
0

काठमाडौं। हामीले वेदको बारेमा त सुन्दै आएका छौं यद्यपी हामीमध्ये धेरैले यसको अध्ययन गरेका छैनौं। यसर्थ यो ग्रन्थ हाम्रो लागि रहस्यमयी छ।

वेद विश्वकै पहिलो धर्मग्रन्थ मानिन्छ। के विश्वास गरिन्छ भने ईश्वरले ऋषिमुनीलाई सुनाएको ज्ञानमै वेद आधारित छ। यसैले यसलाई श्रृति पनि भनिन्छ। सामान्य भाषामा वेदको अर्थ हो, ज्ञान। वेद पुरातन ज्ञान विज्ञानको अथाह भण्डार हो।

यसमा मान्छेको हरेक समस्याको समाधान छ। वेदमा ब्रम्हा, देवता, ब्रम्हान्ड, ज्योतिष, गणित, रसायन, औषधि, प्रकृति, खगोल, भूगोल, धार्मिक नियम, इतिहास, रीति रिवाज आदि सबै विषय संग्रहित छ।

अग्नि, वायु, आदित्य र अंगिराले तपस्या गरे र ऋग्वेद, युजुर्वेद, सामवेद र अथर्ववेदको प्राप्त भएको मानिन्छ। प्रथम तीन वेदलाई अग्नि, वायु र सूर्य (आदित्य०सँग जोडिन्छ। एक ग्रन्थ अनुसार ब्रम्हाजीको चार मुखबाट वेदको उत्पति भएको हो।

यसैगरी मानव सभ्यताको लगभग सबैभन्दा पुरानो लिखित दस्तावेज पनि हो वेद।

वेदको उपवेद

ऋग्वेदबाट आयुर्वेद, यजुर्वेदबाट धनुर्वेद, सामवेदबाट गन्धर्ववेद र अथर्ववेदबाट स्थापत्यवेद। यी क्रमस चार वेदको उपवेद मानिन्छ।

वेदको विभाग चार

ऋग्वेद, यजुर्वेद, सामवेद र अथर्ववेद। ऋग(स्थिति, यजु(रुपान्तरण, साम(गतिशील र अथर्व(जड। ऋकलाई धर्म, यजुः लाई मोक्ष, सामलाई काम, अथर्वलाई अर्थ पनि भनिन्छ। यसै आधारमा धर्मशास्त्र, अर्थशास्त्र, कामशास्त्र र मोक्षशास्त्रको रचना भएको थियो।

ऋग्वेदः ऋक अर्थात स्थिती र ज्ञान। ऋग्वेद सबैभन्दा पहिलो वेद हो, जो पद्यात्मक छ। यसको १० अध्याय र १०२८ सूक्त छ। जसमा ११ हजार मन्त्र छ। यस वेदको पाँच शाखा छ, शाकल्प, वास्कल, अश्वलायन, शांखायन, मंडूकायन।

ऋग्वेदमा जल चिकित्सा, वायु चिकित्सा, सौर्य चिकित्सा, मानस चिकित्सा र हवन द्वारा चिकित्सा आदिको पनि जानकारी छ। ऋग्वेदको दशौं अध्यायमा औषधी सूक्त अर्थात औषधीबारे जानकारी छ। यसमा औषधीको संख्या १ सय २५ लगभग बताइएको छ, जो एक सय सात स्थानमा पाइन्छ।

यजुर्वेदः यजुर्वेदलाई अर्थः यत् र जु अर्थात यजु भनिएको छ, जसको अर्थ गतिशिल आकास भन्ने लाग्छ। यजुर्वेदमा यज्ञको विधी, यज्ञमा प्रयोग गरिने मन्त्रबारे जानकारी छ। यज्ञका साथै तत्वज्ञानको वर्णन छ। ब्रम्हाण, आत्मा, ईश्वर र पदार्थको ज्ञान छ। यो वेद गद्यमय छ। यसमा यज्ञको असल प्रक्रियाको लागि गद्यमन्त्र छ।

सामवेदः सामको अर्थ रुपान्तरण र संगीत भन्ने लाग्छ। सौम्यता र उपासना पनि। यस वेद ऋग्वेदको ऋचाको संगीतमय रुप हो। सामवेद गीतात्मक अर्थात गीतको रुपमा छ। यस वेदलाई संगीत शास्त्रको मूल मानिएको छ।

अथर्वदेवः थर्वको अर्थ हो कम्पन, अथर्वको अर्थ को अंकपन। ज्ञानबाट श्रेष्ठ कर्म गरेर जो परमात्ममाको उपासनामा लीन हुन्छन् उनैले मोक्ष धारण गर्छ। यस वेदमा रहस्यमयी विद्या, जडीबुटी, चमत्कार, आयुर्वेदबारे जानकारी छ।

Comments
Loading...
You might also like