ग्रहको वायुमण्डलमा पानी रहेको फेला पर्‍यो : खगोलविद्

0

एजेन्सी। एउटा तारालाई परिक्रमा गर्ने एउटा ग्रहको वायुमण्डलमा पानी रहेको वैज्ञानिकहरुले तथ्य पत्ता लगाएका छन्। खगोलविद्हरूले पृथ्वीबाट धेरै पर रहेको एउटा तारालाई परिक्रमा गर्ने एउटा ग्रहको वायुमण्डलमा पानी रहेको तथ्य पहिलो पटक फेला पारेका हुन्।

यो अन्वेषणले के२–१८ बी नामक उक्त ग्रह पृथ्वीबाहिर जीवनका लागि उपयुक्त स्थान हुन सक्ने देखाएको खगोलविद्हरुको दाबी छ। के २-१८बी ग्रह १११ प्रकाश वर्ष अर्थात् पृथ्वीदेखि झन्डै ६५ करोड माइल टाढा छ। दश वर्षभित्र नयाँ अन्तरिक्ष टेलिस्कोपले उक्त ग्रहको वायुमण्डलमा प्राणीहरूले बनाउने ग्यास भए वा नभएको निक्र्यौल गर्न सक्ने बीबीसीले जनाएको छ। नेचर एस्ट्रोनमी नामक वैज्ञानिक जर्नलमा उक्त अध्ययनको विवरण प्रकाशित भएको छ।

युनिभर्सिटी कलेज लन्डनकी प्राध्यापक तथा प्रमूख वैज्ञानिक गिओभाना टिनेटीले यो पछिल्लो खोजलाई ‘अद्भभुत’ भनेकी छिन्। ग्रहको सतहमा पानी तरल रूपमा रहनका लागि उपयुक्त तापक्रम भयो भने सो क्षेत्रलाई बस्नयोग्य मानिने वैज्ञानिकहरुको भनाइ छ।

Comments
Loading...
You might also like